Logo
Logo

बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


378
Shares

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको बोलेरो जीप गएरति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घटनामा परी स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार सो दुर्घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्