काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतमा भएको आगलागीमा परी मृत्यु भएका ४० भारतीयका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।
कुवेतको मङ्गाफस्थित आप्रवसाी श्रमिक बस्ने आवासीय भवनको भुइँतलामा बुधबार बिहान आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो । तीमध्ये ४० जना भारतीय छन् ।
सो घटनापछि बुधबार बेलुका भारतीय प्रधानमन्त्री मोदीले मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २÷२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उक्त आगलागीमा ३ नेपालीसहित ५० जना घाइते भएका छन् । उनीहरूको अहिले कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।