एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रुसले मिसाइल आक्रमण गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
युक्रेनको दक्षिणी सहर क्रिभ्यी रिहमा आक्रमण हुँदा ९ जनाको मृत्यु भएको हो । आक्रमणमा २९ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
सो आक्रमणमा पाँच बालबालिका पनि घाइते भएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पीडितका आफन्त र परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।