काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् ।
अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको बुधबार घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।