Logo
Logo

न्याय परिषद्को बैठक बस्दै


630
Shares

काठमाडौं । न्याय परिषद्को बैठक आज बस्दैछ । परिषद्को बैठक बिहीबार अपराह्न बस्ने गरी आह्वान गरिएको छ । न्याय परिषद् सचिवालयका अनुसार आजको बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।

परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सकेसम्म आजै सिफारिस हुने बताइएको छ ।

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्