Logo
Logo

राष्ट्रपति कार्यालयद्वारा कोरोना कोषलाई साढे नौ करोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ बैशाख । राष्ट्रपति कार्यालय शीतल निवासले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा साढे ९ करोड रुपैयाँ जम्मा गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालयले कोरोना रोकथामका कोषमा ९ करोड ५० लाख जम्मा गरेको जानकारी दिएको हो ।
राष्ट्रपति कार्यालले आर्थिक वर्ष ०७६र ०७७ का लागि विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट ९ करोड ५० लाख रकम सञ्चित कोषमा जम्मा गरेको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । हेर्नुस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्