Logo
Logo
प्रतिनिधिसभा बैठक

कांग्रेसकाे आरोप- प्रधानमन्त्री सदनदेखि भाग्न खोज्यो


315
Shares

काठमाडौं । प्रमुख पूतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएको छ । जारी प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सदनलाई बिर्सेको समेत टिप्पणी गरे ।

‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भनेर पाँच दिनसम्म यहाँ आउन सक्नुभएन’ उनले भने ।

लेखकले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । उनले सदनको न्यूनतम गरिमा समेत नराखेको भन्दै प्रधानमन्त्री सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्