काठमाडौं । असार महिनाका लागि अधिकांश बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् ।
२ वटाले बढाउँदा बाँकी ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन् । ब्याजदर बढाउनेमा नबिल र माछापुच्छ्रे बैंक रहेका छन् । उनीहरुले ०.२५ प्रतिशतले ब्याज बढाएका छन् ।
यता व्यक्तिगत निक्षेपतर्फ ग्लोबल आइएमई बैंकले १ प्रतिशतले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले ०.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशत, नेपाल एसबीआई बैंकले ०.०९ प्रतिशत, लक्ष्मी सनराईले ०.५ प्रतिशतले ब्याज घटाएका हुन् ।
त्यस्तै, प्राइम बैंकले ०.२५ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंकले ०.५ प्रतिशत, सानिमा बैंक र सिटिजन्स बैंकले ०.१ प्रतिशतले ब्याज घटाएका हुन् । हिमालयन बैंकले जेठको तुलनामा असारमा ०.७५ प्रतिशतले ब्याज घटाएको छ ।
कुन बैंकको ब्याजदर कति ?