दुवई । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ ।
‘एम÷भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते हुनुभएको छ’ युएस सेन्ट्रल कमान्ड (सेन्टकम)ले एक विज्ञप्तिमा जानकारी गराएको छ ।
हुथीहरूले गाजा पट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लाल सागर र एडनको खाडीमा पानीजहाजहरूलाई लक्षित आक्रमण गर्दै आएका छन् । यसले अन्तर्राष्ट्रिय ढुवानीमा ठुलो अवरोध ल्याएको छ ।
हुथि समुहले बिहीबार गाजा पट्टीमा जनता विरुद्ध गरिएको अपराधको प्रतिशोधमा र आफ्नो देश विरुद्धको अमेरिकी–ब्रिटिश आक्रमणको प्रतिक्रियामा विगत २४ घण्टाभित्र भर्बेनासहित तीनवटा जहाजहरूमा आक्रमण गरेको बताएका छन् ।
यसैबीच संयुक्त राज्य मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले यमनको विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लाल सागरमा व्यापारिक जहाज नजिकै विस्फोट भएको बताएको छ ।
सेन्टकमका अनुसार पछिल्लो २४ घण्टामा हुथीहरूसँग सम्बन्धित एक एयर डिफेन्स सेन्सर, दुई गस्ती डुङ्गाहरू र समुद्री र हवाई ड्रोनहरू नष्ट गरेको बताइएको छ ।
सन् २०१४ मा सानाबाट सरकारलाई अपदस्थ गरेपछि हुथीहरूले नोभेम्बरदेखि लाल सागर र एडनको खाडीमा ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेका हुन् ।
हुथीहरूले बुधबार होडेडाको दक्षिणपश्चिममा लाइबेरियाको झण्डा भएको बल्क ढुवानी जहाजलाई प्रहार गरेका थिए । उनीहरूले हमलामा समुद्री र हवाई ड्रोनका साथै ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गरेका छन् ।
‘गाजामा प्यालेस्टिनीहरूको पक्षमा रहेको दाबी गर्दै द्वन्द्वसँग कुनै सम्बन्ध नभएका तेस्रो देशका नागरिकहरूको जीवनलाई लक्षित आक्रमण र धम्की दिइरहेका छन्’ सेन्टकमले बिहीबार हुथीहरूलाई आरोप लगाएको छ ।