काठमाडौं, ६ चैत ।
कोरोना संक्रमण फैलाउन नेपालमा केही समूह सक्रिय भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । शुक्रबार जनकपुरमा केही पैसाले पैसा फाल्दै हिडेको घटनाबाट यस्तो आशंका गरिएको छ ।
कोरोना फैलाउन त्यसरी पैसा फालिएको आशंका प्रहरीको छ । तर, त्यो पैसा सर्वसाधरणले टिपेनन् बरु प्रहरीलाई खबर गरेका छन् । प्रहरीले पैसाको परीक्षण गरेर अनुसन्धान अघि बढाएको छ ।
दुई महिलाले त्यसरी पैसा फालेको अनुसन्धानमा खुलेको छ । प्रहरीले महिलाको हुलिया सार्वजनिक गरी खोजी थालेको छ । कोरोना फैलाउन खाेजेकाे अाशकामा अनुसन्धान भइरहेकाे धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए ।
यो घटनाबाट कुनै समूह नियोजित रुपमा नै कोरोना संक्रमणमा लागेको हुनसक्ने भएकाले सतर्क हुन देशभरीका प्रहरीलाई निर्देशन दिएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि यसबारे छुट्टै अनुसन्धान थालेको छ ।