Logo
Logo

गाउँपालिकाले खाद्यन्न घर-घरमै पुर्याई दिने


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ६ बैशाख । जगन्नाथ गाउँपालिकाले ढुवानी सहुलियतमा खाद्यन्न जनताको घर घरमै पु¥याइदिने भएको छ । लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सहज खाद्यन्न आपूर्तिका लागि ६ वटै वडामा ढुवानी सहुलियत दिने निर्णय गरेको गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
खाद्यन्न व्यवस्था तथा व्यापार कम्पनी कोल्टी शाखाबाट वडासम्म गाउँपालिकाले नै ढुवानी भाडा तिरिदिने भएको छ । ८० जना अति विपन्नलाई खाद्यन्न सहयोग गरेको गाउँपालिकाले आफ्नो आम्दानीले किनेर खान सक्ने परिवारका लागि खाद्यन्न ढुवानी सहुलियत गरिदिने निर्णय गरेको हो ।
संकटमा सरकारलाई सहयोग गर्नु नागरिकको पनि दायित्व हुने भएकोले सबैलाई राहत दिन नसकिने र आफ्नो आम्दानी भएकाहरुलाई राहतस्वरुप ढुवानी सुविधा उपलब्ध गराएर माहामारीमा सहकार्य गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
गाउँपालिकाले प्रत्येक वडामा ३० क्वीन्टल चामल, ३० क्वीन्टल नुन ढुवानी गरि मौजाद गर्ने निर्णय गरेको छ । जनतालाई सहजताका लागि कोल्टीकै मूल्यमा वडाले किन्ने र जनतालाई ढुवानी सहुलियत गर्ने बताएको छ । गाउँपालिकाले विपद व्यवस्थापन कोषमा ४३ लाख ३५ हजार विनियोजन गरेको छ ।
गाउँपालिकाको रकमान्तर बजेटबाट ३० लाख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित जनप्रतिनिधीबाट २ लाख ३८ हजार, शिक्षक कर्मचारीबाट ३ लखा ७६ हजार १ सय ६९ र प्रदेश सरकारबाट राहत वितरणका लागि ७ लाख २० हजार अनुदानसहित ४३ लाख ३५ हजारको विपद कोष निर्माण गरिएको हो ।
जगन्नाथ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक सबैले आफूले पाउने सेवा सुविधा र तलब भत्ताबाट विपद कोषमा रकम जम्मा गरेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिएका छन् । जनप्रनिधीले कात्र्तिक १ गतेभन्दा अगाडि पाएको तलब भत्तावापत रकम जम्मा गर्ने भएका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाका जनप्रतिनिधिले कोषमा रकम जम्मा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्