काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १० देखि १५ प्रतिशतसम्म छुट हुने भएको छ ।
बैंक र होटेल आइकावाबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई होटल आइकावाले प्रवाह गर्ने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झैतापत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रूपेन्द्र वाग्ले र होटल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।