Logo
Logo

डा. जैशीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ६ बैशाख । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. राजुराज जैशीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टामा हाजिर हुन सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको महामारीको नियन्त्रण तथा रोकथामका लागि बिभिन्न अस्पताल, तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको कमि भएको हुनाले हाल प्रदेशमा काम गरिरहेकै जनशक्तिबाट काम सुचारु गर्नुपर्ने भएकोले खटिएकै स्थानबाट तलब भत्ता भुक्तानी हुने गरि डाक्टर जैशीलाई पठाउने निर्देशन दिएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्तीले बताए ।


जिल्ला अस्पताल बाजुरामा कार्यरत रहेका डाक्टर उनलाई काजमा जान लिखित निर्देशन दिएको डा. अवस्तीले बताएका छन् । हाल बिभिन्न अस्पताल तथा प्राथिमक स्वास्थ्यमा कोरोना भाइरस रोकथाम तथा महामारी नियन्त्रणका लागि दक्ष जनशक्ती नभएको ठाउँमा बिभिन्न ठाउँबाट परिपूर्ति गर्न मन्त्रालय र स्वास्थ्य निर्देशनालयले काम गरिरहेका बताएको छ ।
सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले चैत २५ गते जिल्ला अस्पताल बाजुरामा एकजना चिकित्सक पठाउन निर्देशन दिएको भएपनि कार्यन्वयन हुन सकेको थिएन । चैत २५ गते क्षेत्रिय निर्देशक डा. गुणराज अवस्थीले जिल्ला अस्पताल बाजुरालाई पत्रचार गरेको भएपनि अहिलेसम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नपठाएका कारण लिखितरुपमा डा. राजुलाई पठाउन निर्देशन दिएको हो । कोरोना भाइरस ब्यबस्थापनका लागि अस्पताल ब्यबस्थापनका लागि एकजना चिकित्सक पठाउन स्वास्थ्य निर्देशनालयबाट पत्रसमेत दिइसकेको बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र डाक्टरबिहीन बनेको हो । एक बर्षपछि डाक्टर पाउने भएको छ । बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउँपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानीय तहका ५० हजारभन्दा बढी जनसंख्यालाई स्वास्थ्य केन्द्र सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्