Logo
Logo

कोेरोना संक्रमण फैलाउन खोजेको पुष्टि, दुई महिला पक्राउ, एकमा संक्रमण देखियो 


- दृष्टि न्युज/संवाददाता

0
Shares

जनकपुरधाम, ६ बैशाख ।
नेपालका कोरोना फैलाउने समूह सक्रिय रहेको पुष्टि भएको छ । जनकपुरधामको महावीरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलामध्ये एक जनाको र्‍यापिट  टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल जनकपुर जनाएको छ ।

दुबै जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको छ ।
शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा १० को केही नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्।
उनीहरुको फालेको पैसा भने सर्वसाधरणले टिपेका थिएनन् । एकको रिपोर्ट पोजेटिभ आउनुले कोरोना फैलाउन नै उनीहरुले पैसा फालेको प्रष्ट भएको र यस विषयमा गम्भीर अनुसन्धान हुने प्रहरीले जनाएको छ । गुप्तचरले समेत यसबारे छानबिन थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्