Logo
Logo

यी दुई मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्रीको तयारी


9.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्के लगत्तै मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । पौडेल स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्ड नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारीमा छन् । हाल सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमतलाई सरकारमा सहभागी गराउनको लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । तर ओलीले बजेट पास भएपछि मात्र मन्त्रीमण्डल हेरफेर गर्न सुझाब दिएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधामन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्र र एमालेबाट एक/एक मन्त्री फिर्ता बोलाउने भएका छन् । माओवादीबाट मन्त्री बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङलाई फिर्ता बोलाउने भएका छन् ।

त्यस्तै नेकपा एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने भएका छन् । यो संगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जित श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

जनमत पार्टीलाई भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्