Logo
Logo

सहकारी प्रकरणः सरकारसँग कागजात मागेर छानबिन थाल्ने संसदीय समितिको निर्णय


252
Shares

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सरकारी निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदालाई छलफल तथा परिमार्जनसहित अघि बढाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा समितिका सदस्य शिशिर खनालले आगामी मंगलबार बस्ने बैठकमा सहकारी मन्त्रालयका पदाधिकारीसहित सहकारी क्षेत्रका अन्य सरकारी निकायसँग छलफल गरिने जानकारी दिए ।

उनले भने, ‘आज टीओआर निर्माणका सदस्यहरूसँग छलफल गर्‍यौँ, मंगलबार सहकारी मन्त्रालयसँग छलफल हुन्छ ।’

बैठकमा सहभागी नेपाली कांग्रेसकी सांसद तथा समिति सदस्य ईश्वरीदेवी न्यौपानेले पनि समितिले मंगलबारदेखि कागजात मागेर मुख्य काम थाल्ने बताए ।

समितिले सहकारी मन्त्रालयसँग सुप्रिम, सूर्यदर्शन, साना पाइलालगायतका सहकारीको कागजात माग्ने तयारी गरेको छ । यस्तै, अनुसूचीमै लेखिएअनुसार समस्याग्रस्तसहित अन्य सहकारीको पनि कागजात झिकाउने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्