काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ नौबिसे सडक खण्ड सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्डअन्तर्गत इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीचमा आइतबार राति वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जानकारी दिए । सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।