काठमाडौं । प्रहरीले चोरीका सामानसहित पाल्पामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेका छन् ।
उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोइरालाको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको छ ।