Logo
Logo

सुदर्शन थापाबिरुद्ध डेढ करोडको मागसहित मुद्दा दायर


1.6k
Shares

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध जिल्ला अदालत काठमाडौंमा १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनी बिरुद्ध प्रहरी वृत्त बौद्धमा उजुरी दिएका थिए । प्रहरी वृत्त बौद्धले दिएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार निर्देशक थापा बिरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

निर्माता बस्नेतले आफुबाट निर्देशक थापाले विश्वासघात गरेर लाभ लिएको दाबी सहित मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेका हुन् ।

ठगी मुद्दामा पक्राउ परेका निर्देशक थापा २३ जेठमा हाजिरी जवानीमा प्रहरी कार्यलय बौद्धबाट छुटेका हुन् । उनलाई २१ जेठमा प्रहरी वृत्त मालीगाउँले पक्राउ गरेर थियो । त्यसपछि उनलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान गरिएको थियो । यो मुद्दामा थापासहित अन्य व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ ।

यो निर्माता बस्नेतले सुदर्शन थापा सहित यो प्रकरणमा ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल र यो चलचित्रका निर्देशक मिलन श्रेष्ठ बिरुद्ध पनि उजुरी दिएका छन् ।

चलचित्र प्रसाद २ ले नेपालमा त्यतिबेला करिब ८० लाख रुपैयाँको व्यापार सिनेमा हलमा गरेको थियो । तर डिजिटल राईट्स बिक्री र बिदेश प्रदर्शन सहित आफुलाई डेढ करोड घाटा हुने दाबी निर्माता सुदर्शन बस्नेतको छ ।

प्रतिक्रिया दिनुहोस्