काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको मोबाइल एपको डाउनलोड ६० हजारभन्दा बढी पुगेको छ । मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाइल एपले छोटो समयमै प्राप्त गरेको उपलब्धिले ग्राहक तथा बीमितले कम्पनीप्रति राखेको विश्वासलाई उजागर गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एपको प्रयोगले अभिकर्तालाई व्यवसाय बिस्तार गर्न र बीमा योजना सम्बन्धि सम्पूर्ण जानकारी लिन सहज भएको छ । त्यस्तै, सक्रिय अभिकर्ताबीच आफ्नो टीम व्यवसाय बिस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
एपबाट अभिकर्ताले बीमितका उपयुक्त विवरण समावेश गर्नासाथ बीमितको प्रिमियमको जानकारी तुरुन्तै पाउन सकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सो को अनुमान तुरुन्तै गर्न सकिने कम्पनीले जनाएको छ ।