Logo
Logo

टेलिकममा बालुवाटारको छायाँ


1.1k
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन दिने म्याद आज मंगलबारसम्म तोकिएको छ । गएको जेठ २२ गते १५ दिनको समयसीमा तोकेर टेलिकमको प्रबन्ध निर्देशक(एमडी)को आवेदन माग गरिएको थियो ।

अनिलकुमार झा

विवादास्पद अनिलकुमार झालाई नियुक्ति गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी निर्देशिका जेठ १७ गतेको मन्त्रिपरिषदबाट संशोधन गरेका छन् । हाल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक रहेका झालाई ल्याउनकै लागि निर्देशिका संशोधन गरिएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाललाई खुसी पारेपछि झालाई नियुक्ति गर्नका लागि निर्देशिका संशोधन गरिएको थियो । यसअघिको निर्देशिकामा वाणिज्य, व्यवस्थापन, कानुन, अर्थशास्त्र, सूचना प्रविधि, व्यापार प्रशासन, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेकालाई मात्रै प्रतिस्पर्धा गर्न दिने व्यवस्था थियो ।

अब सिभिल र मेकानिकल इन्जिनियर पनि टेलिकमको नेतृत्वमा ल्याउन सक्ने गरी बाटो खोलिएको छ । झा सिभिल इन्जीनीयर भएकाले उनकै लागि निर्देशिका संशोधन गरिएको प्रष्ट भएको छ ।

टेलिकमको प्रबन्ध निर्देशकमा त्यहीँ कार्यरत बिमल आचार्यलाई बनाउनुपर्ने पक्षमा संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मा पनि छन् । तर, जुन संस्थामा कार्यकारी प्रमुखको विज्ञापन भए पनि आवेदन हाल्ने झालाई बालुवाटारले बोकेपछि मन्त्री शर्मा पनि निरीह जस्तै भएकी छन् ।

बाहिरबाट एमडी नियुक्त भएका सुनिल पौडेलले टेलिकम बुझ्न नसकेकै कारण विकल पौडेलको सल्लाहका चल्दा अनन्तकालसम्म जेल संजायको भागिदार बन्नुपरेको छ । अभिषेक श्रेष्ठ जस्ता बिचौलियाको इशारामा चलेकै कारण उनी एकपछि अर्को गलत काम गर्न पुगे । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका बिरुद्ध एकपछि अर्को मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

टेलिकमका एक अधिकारी भन्छन्– बालुवाटारको बलमा टेलिकम बाहिरका झालाई एमडी नियुक्ति गरेमा टेलिकममा भ्रष्टाचार चरम सीमामा पुग्नेछ र अर्को सुनिल पौडेलको उदय हुनेछ । राजनीतिक बृत्तमा जुनसुकै ठूला नियुक्तिमा करोडौंको अफर लिएर जाने ब्यक्तिको रुपमा झा परिचित छन् । उनले आवेदन नदिएको कुनै पनि निकाय छैन ।

झा साबिकको डोलिडार हाल डोलीका प्राविधिक उपसचिव हुन् । उनले पैसाकै बलमा पद किन्दै भ्रष्टाचार गर्दै संस्था डुबाउँदैआएका छ्न । सुरुमा सरकारी जागिर नछोडी सुरुमा उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धक भए । उदयपुरको जीएमपछि उनी चित्रलेखा यादव शिक्षामन्त्री हुँदा उनलाई प्रभावमा पारी जनक शिक्षाको प्रमुख भए ।

जनक शिक्षाको प्रमुख हुँदा उनले कहिल्यै पनि शैक्षिकसत्र सुरु हुनुअघि पाठ्यपुस्तक बिद्यालयमा पुर्याउन सकेनन् । जनक शिक्षा सामग्री लिमिटेडको दोस्रो पटक प्रमुख भएपछि बाहिरको एक छापाखानालाई पाठ्यपुस्तक छाप्न दिएर बिचौलिया बनेका छन् ।

बाहिरको छापाखानाले विनाप्रतिस्पर्धा किताब छाप्ने र जनक शिक्षाका प्रमुख बिचौलियाजस्तै बनेका छन् । आन्तरिक राजस्व विभागको अन्तःशुल्क छपाइका क्रममा पनि उनको भूमिकाबारे अख्तियारले समेत निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्