Logo
Logo

‘कोर टिम’ बनाउँदै भावी प्रधानसेनापति


1.8k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकास पाउंदै गर्दा सेनाभित्र आफ्नो संयन्त्र बलियो बनाउने प्रयास गरेका छन्् । सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकास पाउनु एक महिनाअघि साउन २४ मा उनी बिदामा बस्नुपर्ने भएपछि त्यही अनुसारको संयन्त्र तयार पारेको स्रोतको दाबी छ ।

जन्ममिति विवादमा रहेका अशोकराज सिग्देल भावी प्रधानसेनापति हुने निश्चित जस्तै छ । उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई औपचारिक रुपमा परिचय गराउने मात्र होइन आफ्नो टिमलाई बलियो बनाउने काम पनि गरिरहेका छन् ।

त्यतिमात्र होइन जंगी अड्डामा भावी प्रधानसेनापतिलाई आफ्नो टिम बनाउने वातावरण पनि बनाइदिएका छन् । जसअनुसार दुई महिनापछि प्रधानसेनापति बन्ने लाइनमा रहेका सिग्देल अहिले सैनिक मुख्यालयमा सक्रिय हुन थालिसकेका छन् ।

अन्य अधिकृतहरुको कार्यालयमा यतिबेला कमिला हिड्न थालिसकेको छ भने सिग्देलको कार्यकक्षमा सैनिक अधिकृतको भीड बढ्न थालेको छ । प्रधानसेनापति शर्माले आफ्ना उत्तराधिकारी सिग्देललाई विस्तारै त्यसका लागि समय दिन निर्देशनसमेत दिइसकेका छन् ।

सेनामा हुने पोष्टिङमा समेत उनको सिफारिसले काम गर्न थालिसकेको छ । सिग्देलकै चाहनाअनुसार अहिले प्रधानसेनापतिको सैनिक सहायक भनेर चिनिने सल्लाहकारमा समेत सहायकरथी पूर्ण खत्री आइसकेका छन् । योजनामा सहायकरथी पवन खत्री र महासेनानी राजेश खकुरेल रहेका छन् । पवनलाई सैनिक सचिवमा ल्याइने चर्चा चलाइएको छ ।

सहायकरथीहरू मानबहादुर महरा, टंक भट्ट, द्रव्य भण्डारी र महासेनानी दिलविक्रम सुब्बालाई समेत महत्वपूर्ण जिम्मेवारी दिने तयारी थालिएको छ । सैनिक प्रवक्तामा यसअघि नै गौरव केसीलाई ल्याइसकिएको छ ।

सेनाको दुई रथीमा सिग्देलसंगै रथी निर्मल थापा छन् । थापा अहिले फोर्स कमाण्डरका रुपमा ‘अनडफ’ मिसनमा कार्यरत छन् । त्यसपछि उपरथी सन्तोषबल्लभ ढकाल र बाबुराम श्रेष्ठ छन् । ढकाल पनि भदौ ११ मा अवकास पाउने भएकाले साउन २६ मा बिदामा बस्नेमा छन् । त्यसपछि सेनाको तीन तारे बन्नेमा श्रेष्ठ लाइनमा छन् । उनी हाल शिवपुरीस्थित स्टाफ कलेज कमाण्डेटका रुपमा कार्यरत छन् । श्रेष्ठ द्वन्दकालमा विवादित अधिकृत हुन् ।

प्रधानसेनापति शर्माले यसअघि रथी बढुवामा बिवाद भएपछि सेनाका तत्कालीन रथी सिताराम खड्काको अध्यक्षतामा छानबिन समिति नै गठन गरेका थिए । त्यही समितिले सिग्देललाई रथीमा बढुवा गरिसकेको छ । सिग्देलको डकुमेण्टमा विवाद भएको भनिए पनि उक्त समितिले नै उनको सबै विवरण ठिक रहेको भन्दै रथीमा बढुवा गरेको थियो ।

अहिले सिग्देलको फेरि कैफियत भएको भन्दै सेनामा हलचल सुरु भएको छ । उनको रथीमा बढुवा गर्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री थिए भने सेनापति शर्मा नै थिए ।

उता, सिग्देल सेनापति भएर आउनेवित्तिकै भर्खरै दुई तारेमा बढुवा भएका अनुपजंग थापा द्रुतमार्ग हेर्ने गरी हेटांैडामा पृतनापति भएर जाने तयारीमा छन् । सुदुरपश्चिमका पृतनापति उपरथी गणेश श्रेष्ठ सम्भारथीमा आउनेमा छन् ।

सिग्देलका कोर टिममा रहेका उपरथी दीपक वानियाँसमेत सम्भार जान कस्सिएका छन् । सुर्खेतमा पृतनापति रहेका कृष्णदेव भट्टले समेत महत्वपूर्ण जिम्मेवारी पाउने गरी मुख्यालयमा आफ्नो पकड बनाएका छन् । हेटौंडा पृतना र संभाररथि विभाग सेनामा महत्वपूर्ण स्थान हुन् ।

प्रतिक्रिया दिनुहोस्