Logo
Logo

भन्सारमा कोरोना त्रास, सुरक्षित नभए जाँच पास बन्द गर्ने चेतावनी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ बैशाख ।
कोरोना संक्रमण फैलिएसँगे नेपालमा अत्यावश्यक बाहेकका बाहेक अन्य बन्द छ । तर अत्यावश्यक सेवाकै क्षेत्रमा भने जोखिम कायमै छ । भन्सार क्षेत्रमा समेत यससम्बन्धि त्रास बढेको छ ।

भन्सार एजेन्ट महासघंका अध्यक्ष शान्त कुमार शर्मा

भन्सार राजस्व आय राष्ट्रको प्रमुख आम्दानी स्रोत हो । तर त्यही भन्सार जाँच–पास र वाणिज्य सरलीकरणमा आबद्ध भन्सार एजेन्टलाई कोरोना सक्रंमणको सुरक्षामा आवश्यक पर्ने पी.पी.इ , मास्क र ह्याण्ड सेनिटाईजर जस्ता अत्यावसकिय सामाग्री सरकारी संयन्त्रबाट उपल्वध नभएको महासघंले दाबी गरेको छ । यसबाट एजेन्टहरू उच्च जोखिम मोलेर कार्य स्थलमा क्रियाशील हुनु परेकोमा महासघंको गम्भीर ध्यानाकर्षण भएको भन्सार एजेन्ट महासघंका अध्यक्ष शान्त कुमार शर्माले विज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाली वाणिज्यको करिब ८६ प्रतिशत हिस्सा भारतसँग निर्भर छ । उता भारतमा कोरोना सक्रंमणले विकराल रूप लिँदै गएको अवस्थामा दुई देश बिचको खुल्ला सिमानाका कारण भारतीय एजेन्टहरू निर्बाध आवागमन रोकिएको छैन । अर्कोतर्फ मालवाहक सवारी साधनको डी–टक्सीफाइड वा स्यानीटाइजेशन गर्ने नेपाल सरकारको कुनै सयंत्र छैन । यस विषम परिस्थितिमा समेत भन्सार एजेन्टहरू ज्यानको जोखिम मोलेर कार्य स्थलमा क्रियाशील हुनुपर्ने बाध्यकारी अवस्थाको सृजना भएको छ । अर्कोतर्फ भन्सार राजस्व सकंलन निरन्तर हुन सहयोग पुगेको छ । तर सरकारबाट तिनै भन्सार एजेन्टहरूको स्वास्थ्य सुरक्षालाई पूर्ण बेवास्ता भएकोले, भन्सार एजेन्टहरूको स्वास्थ्य सुरक्षा सामाग्री यधासिघ्र उपल्वध नगराइए भन्सार जाँच–पास जस्तो अत्यावश्यक सेवा सुचारु हुन नसक्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भन्सारमा सुरक्षा अनपाए आपूर्ती व्यवस्था नै संकटमा पर्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्