Logo
Logo

सरकार जनतासमक्ष लाचार, दिनभरी पेट्रोलको लाइनमा सर्वसाधारण


राम मगर

882
Shares

काठमाडौं । जब नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आइतबारदेखि इन्धन धुवानी गर्न बन्द गर्यो । त्यसपछि काठमाडौं उपत्यकाका निजि पेट्रोल पम्पहरु पनि बन्द “नो पेट्रोल” भयो । पेट्रोलियम ट्याङ्कर चालक संघ आन्द्रोलनमा उत्रिएका थिए । उता पेट्रोलको अभावले उपत्यका सहर अस्तव्यस्त भयो ।

पेट्रोलको अभावले गर्दा सरकारी पेट्रोल पम्पहरुको अगाडी मोटरसाइकल र गाडीहरुको लाइन आँखाले नभ्याएसम्म भयो । कतिसम्म भने हजारौं हजारौं सर्वसाधारणहरु कार्यालय जानुको सट्टा पेट्रोलको लाइनमा बस्न बाध्य थिए ।

यसले गर्दा धेरै सर्वसाधारणहरुले आफ्नो कार्यालय छुटाउन बाध्ये भए भने कतिले आफ्नो व्यक्तिगत कामहरु गर्नबाट बन्चित भए । यहिँ इन्धनको हाहाकारमा सोमबार बित्यो । सोमबार साँझ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघबीच चारबुँदे सहमति भयो ।

बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । तर सहमति भए पनि उपत्यकाको अस्तव्यस्त ट्राफिक जामले गर्दा इन्धन धुवानी समयमा सर्वसाधारणहरुले पेट्रोल पाएनन् ।

सोमबार साढे छ बजेसम्म पनि प्रहरी प्रधान कार्यालय नक्साल अगाडी रहेको सरकारी पेट्रोल पम्पमा बिहान ११ बजेदेखि पेट्रोलको लागि बसेका सर्वसाधारणहरु पेट्रोलको लागि कुरिरहेका थिए । उनीहरु भोक न तिर्खा पेट्रोलको लागि कुरिरहेका थिए। उनीहरुलाई हेर्दा धेरै नै थकाई महसुस गरिरहेका थिए। तर पनि आत्तिएका थिएनन्। त्यसको मुख्य कारण थियो पेट्रोल। पेट्रोल बिना आफ्नो कुनै काम हुन् नसक्ने उनीहरुको मनमा थियो ।

सरकारले पेट्रोलियम ट्याङ्कर चालक संघसँग समयमा बार्ता नगर्दा धेरै मानिसले दु:ख पाए । यसले गर्दा सरकार जनताप्रति संवेदनशील नभएको जनताले महसुस गरेका छन् । सरकारले चाहेको भए इन्धन धुवानी गर्न आग्रह गरेर पनि पेट्रोलियम ट्याङ्कर चालक संघसँग बार्ता गर्न सकिन्थ्यो। तर सरकार जनतासामु लाचार भयो ।

आफ्नै पैसाले पनि समयमा पेट्रोल हाल्न नपाएर आफ्नो कार्यालय छुटाउन र व्यक्तिगत काम गर्न नपाउँदा सरकारप्रति जनता आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्