Logo
Logo

स्वर्गीय श्रीमानको नाममा शवदाह गृह बनाउन उपमेयरद्वारा जग्गा दान


1.3k
Shares

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाका उपमेयर पुनम चौधरीले आफ्नो स्वर्गीय श्रीमानको नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेका छन् ।

गरुडा नगरपालिका–४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह बनाउन उपमेयर चौधरीले २ कठा १० धुर जग्गा दान गरेका हुन् ।

कोरोनाको समयमा अल्पायुमै मृत्यु भएका मनोजको नाममा शवदाह गृह बनाउन उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर ४ लाई हस्तान्तरण गरेका छन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताए ।

मनोजको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि जयसवालको रोहवरमा वडा ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्