Logo
Logo

बझाङको चैनपुरमा प्रभु बैंकको ३०४औँ शाखा


315
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रमममा २०८१ जेठ ३२ देखि बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित चैनपुरमा ३०४औँ शाखा कार्यालय सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । शाखा विस्तार अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।

बैंकको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फार्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित यस बैंकका नेपालभर ३०४ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्