काठमाडौं, ७ बैशाख ।
नेपालमा चौथो व्यक्तिले कोरोनामाथि जितेको छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्न लागिएको हो । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए ।
शनिबार मात्र दुई जना संक्रमित निको भएका थिए । काठमाडौंकी १९ वर्षिया प्रसिद्धी श्रेष्ठ र बाग्लुङकी ६५ वर्षिया मन कुमार पौडेल डिस्चार्ज भएकी हुन् ।
नेपालमा हालसम्म ३१ जनामा संक्रमण देखिएका ४ जना निको भइसकेका छन् ।