Logo
Logo

कोरोना प्रभावः नेपालमा चीनको सहयोग स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ बैशाख ।
कोरोनाको असर नेपालको वैदेशिक सहयोगमा देखिन थालेको छ । हिमाली जिल्लाहरुका १४ स्थानीय तहलाई चीनको सहयोग स्थगित भएको छ । कोरोनाका कारण चीनको वैदेशिक सहायतामा नीतिको प्राथमिकता परिवर्तन गर्दै सहयोग तत्काल दिन नसकिएको उसले जनाएको छ ।

१४ स्थानीय तहलाई चीनले सडक निर्माणका लागि एस्काभेटर प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । वैदैशिकक सहायताको प्राथमिकतामा परिवर्तन भएकाले यो वर्ष दिन नसकिने चिनियाँ पक्षबाट जानकारी आएको तिब्बतस्थित महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले जानकारी गराएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ वटै स्थानीय तहलाई यसबारे जानकारी गराएको छ ।

ताप्लेजुङको फत्ताङलुङ, संखुवासभाको सभापोखरी, दोलखाको विगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाईकुण्ड, धादिङको रुविभ्याली, गोरखाको चुमनुव्री, मनाङको नाप्रभुमी, मुस्ताङको लोमाङथान, बझाङको तालकोट, डोल्पाको से–फोक्सुण्डो, मुगुको मुगुम कार्मारोङ, हुम्लाको नाम्खा र दार्चुलाको मार्मा गाउँपालिकालार्य १÷१ वटा वटा एस्काभेटेर दिने सहमति भएको थियो । १४ वटै स्थानीय तह चीनसँग सीमा जोडिएका छन् । त्यहाँ सडक सञ्जाल विस्तारका लागि भनेर चीनले एस्काभेटेर दिने बताएपनि कोरोनाले अर्थतन्त्र प्रभावित भएपनि बैदेशिक सहायता कटौती गरेको हो ।

प्रतिक्रिया दिनुहोस्