Logo
Logo

लकडाउनमा मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने चालक पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ वैशाख

    कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना.५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका-८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चालक तामाङले उक्त ट्रक नागढुंगाबाट कलंकीतर्फ लापरबाहीपूर्वक चलाई चन्द्रागिरी नगरपालिका-११ सिप्रदीस्थित बल्खु पुलमा ठक्कर दिएर दुर्घटना गराई फरार रहेकोमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तत्काल पिछा गर्दै गई सोही नगरपालिका-१५ ढुंगेअड्डाबाट पक्राउ गरेको हो । दुर्घटनाको कारण सिप्रदीस्थित पुल तथा उक्त ट्रकको बायाँ भागमा क्षति पुगेको छ  ।


प्रारम्भिक सोधपुछको क्रममा चालक तामाङले  कोरोनाको औषधी हुने भ्रममा मादक पदार्थ सेवन गरेको बताएको र निज उपर मुलुकी अपराध संहिता, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्