Logo
Logo

कोरोना जितेकालाई प्रधानमन्त्रीको बधाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्दै बधाइ दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवक राज विक आइतबार साँझ घर फर्कनुभएको थियो । यसअघि काठमाडौंमा दुई र बाग्लुङमा एक कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म नेपालमा ३१ जना संक्रमित भएका छन् । तीमध्ये चार जना निको भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्