Logo
Logo

अमेरिकाको टाउको दुखाइ बनिरहेका चार शक्ति राष्ट्र


756
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला उत्तर कोरियाको राजकीय भ्रमणमा छन् । उनी दुई दिने भ्रमणका लागि बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

अहिले पुटिनको उत्तर कोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । विषेशगरी पश्चिमा देशहरूले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् । युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधि सहयोग गर्न पश्चिमा देशहरुको अनुमान छ ।

हुन पनि रुसलाई युक्रेनविरुद्धको लडाइँमा डटिरहन थप अत्याधुनिक हतियारको आवश्यकता छ । युक्रेनलाई अमेरिका र बाहिरिरुपमा यो युद्ध रुस–युक्रेनको मात्रै देखिए तापनि भित्री रूपमा भने शक्तिशाली राष्ट्रबिच चलिरहेको छ । विश्वका शक्ति राष्ट्रहरू स्पष्ट रूपमा नै दुईतिर विभाजन भएको छ । रुसलाई चीन, इरान र उत्तरकोरियाको साथ छ भने युक्रेनलाई अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को साथ छ ।

युद्धमा पश्चिमाले युक्रेनलाई साथ दिएपछि जारी युद्धलाई क्रेमलिनले प्रतिष्ठाको विषय बनाएको छ । पश्चिमा देशहरू मोर्चा गरेर युक्रेनको साथमा उभिएपछि रुसलाई पनि थप सहयोगको खाँचो छ । पश्चिमा देशहरूको सहयोगमा युक्रेनले थप तनाव दिएपछि पुटिन पनि आफ्नो पक्षमा शक्तिशाली देशहरू छन् भन्ने देखाउन चाहन्छन् । सोही कारण उनले एक महिनाअघि चीनको पनि राजकीय भ्रमण गरेका थिए ।

सम्बन्ध किन विस्तार गर्दै छन् पुटिन ?
रुसले युक्रेनमाथि गरेको आक्रमण गरेको साढे दुई वर्ष भइसकेको छ । अहिले रूस र युक्रेन युद्धको लागि अरू देशमा निर्भर हुन थालेका छन् । अमेरिकाले केही समयअघि युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्न अमेरिकामा निर्मित हतियारहरू प्रयोग गर्ने अनुमति दिएको थियो ।

केही दिनअघि मात्रै स्विट्जरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा युक्रेनसँगको युद्धलाई लिएर रुसको व्यापक आलोचन भएको थियो । ९० वटाभन्दा धेरै देश र विश्व संस्था सहभागी भएको सम्मेलनमा भने रुस र चीनको भने उपस्थिति भएका थिएनन् । पश्चिमा देशको घेरबन्दीमा पर्न थालेपछि पुटिनले पनि अरु शक्ति राष्ट्रसँग सम्बन्ध विस्तार गर्न थालेका हुन् ।

पश्चिमाले प्रतिबन्ध लगाएपछि रूसले हतियार तथा अन्य प्रविधिका लागि पश्चिमाविरोधी शक्तिहरूसँग साथ खोज्यो । मस्कोलाई बेइजिङ, तेहरान र पोङयाङले सहयोग गरे । त्यसपछि यी चार राष्ट्रबिच सहकार्य झ्यागियो । यसैको बलमा बेला–बेला शक्तिशाली हतियारको परीक्षण गरेर उत्तर कोरियाले दक्षिणकोरिया र जापानलाई तर्साइरहेको छ ।

त्यस्तै बेइजिङ र मस्को दुवैले तेहरानलाई पश्चिमा दबाबको सहज सामनाका लागि सहयोग गरिरहेका छन् । चार मुलुकबीचको सहकार्यले अमेरिकी सहयोगी राष्ट्रमा अस्थिरता निम्तिएमा अन्तर्राष्ट्रिय गठबन्धनलाई एकजुट बनाउने वासिङ्टनको क्षमतालाई पनि कमजोर बनाएको छ । यता, विश्वबाट एक्लिएको उत्तरकोरियाले दुई शक्तिराष्ट्रको साथ पाएको छ भने इरानको विध्वंसात्मक गतिविधिले इजरायल अमेरिका र गल्फ राष्ट्रबीचको आपसी सहकार्यमा बाधा पु¥याएको छ ।

बाहिरिरुपमा रुस र युक्रेनको युद्ध दुई देशको जस्तो देखिएपनि भित्री रूपमा भने शक्तिशाली राष्ट्रबिच चलिरहेको छ । विश्वका शक्ति राष्ट्रहरू स्पष्ट रूपमा नै दुईतिर विभाजन भएको छ । रुसलाई चीन, इरान र उत्तरकोरियाको साथ छ भने युक्रेनलाई अमेरिका र नेटो राष्ट्रहरूको साथ छ ।

बेइजिङ, तेहरान र प्योङयाङको त्रिपक्षीय सहयोगले युद्धमैदानमा मस्कोको उपस्थिति दमदार छ । रूसलाई एक्लो बनाएर कमजोर बनाउने पश्चिमा प्रयास सफल भएको छैन । सन् २०२२ अघि नै चार मुलुकबीच सहकार्य थियो । युद्धपछि उनीहरूबीच आर्थिक, सैन्य, राजनीतिक र प्राविधिक सहकार्य झाङ्गिएको हो ।

चीन, रुस, इरान र उत्तरकोरियाले आफ्ना साझा हितको पहिचान गरेका छन् । यसले विश्व व्यवस्थाको विद्यमान सिद्धान्त, नीति र संस्थाप्रति असन्तुष्ट रहँदै त्यसलाई चुनौती दिन खोजिरहेका मुलुकहरूको साझेदारीका रूपमा हेरिएको छ । बेइजिङ, मस्को, तेहरान र प्योङयाङको सहकार्यको उद्देश्य प्रस्ट छ– अमेरिकी आधिपत्य अन्त्य गरी विद्यमान विश्व व्यवस्थाको विकल्प खोज्ने । अमेरिकालाई कमजोर बनाउने उद्देश्यमा उनीहरू दृढतापूर्वक एकजुट छन् ।

विश्वमा शासन जमाइरहेका अमेरिका भने यसलाई कमजोर बनाउन लागिपरेका छन् । अमेरिकाले आफू कुनै पनि युद्धमा प्रत्यक्ष संलग्न नभई सधैँ विश्व शक्तिमा रहिरहने नीति लिएको छ । त्यसैले आफ्नो प्रतिस्पर्धी विरुद्धको मुलुकहरूलाई उसले सहयोग गर्नका साथै आणविक हतियार बेचेर फाइदा उठाइरहेको छ ।

कसरी झाँगियो चार मुलुकको सहकार्य ?
चार मुलुकबीचको बलियो सहकार्यको उत्प्रेरक रुस हो भने सहकार्य झाँगिनुमा पश्चिमा प्रभुत्वको विश्वव्यापी व्यवस्था हो । यी चार प्रत्येक मुलुकले आ–आफ्नो प्रभाव क्षेत्र दाबी गरिरहेका छन् । ताइवान र साउथ चाइना सीको क्षेत्रमा चिनियाँ दाबी छ । इरान भने इराक, सिरिया, यमन र अन्यत्र आफ्नो प्रभुत्व खोजिरहेछ । उत्तरकोरियाले समग्र कोरियाली प्रायद्वीपमा आफ्नो दाबी गर्दै आएका छ भने रुस सोभियत संघको प्रभुत्वको पक्षमा छ । चारै मुलुकले आफ्नो आकांक्षाको बाधकका रूपमा अमेरिकालाई लिएको छ ।

चीन, इरान, रुस र उत्तरकोरिया बीचको सहकार्यलाई कमजोर आँक्न मिल्दैन । पश्चिमा शक्तिविरुद्ध सामूहिक र सङ्गठित रूपमा अघि बढेका चार मुलुकसँग अन्य राष्ट्र पनि जोडिएमा अमेरिकालाई चुनौतीका पहाड आइलाग्नेछन् ।

यो प्रतिस्पर्धामा पश्चिमा आर्थिक, सैन्य र राजनीतिक रूपमा बलियो नै छ । तथापि चार मुलुकको सङ्गठित र सामूहिक सहकार्यले नयाँ भूराजनीतिक जटिलताका तस्बिर प्रस्ट पारिसकेको छ । अब अमेरिका र उसका सहयोगीले यी चार राष्ट्रको सहकार्यविरुद्ध कस्ता कदम चाल्लान् ? प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्