काठमाडौं । एसआइआइपि एल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रुपमा भित्र्याएको छ । बुधबार काठमाडौँ स्थित एक होटलमा कार्यक्रम आयोजना गरी सेलिब्रेटी, इन्फ़्लुएन्सर, एसआइपिपिएलका अधक्ष्य सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि (सेल्स, मार्केटिंग तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारीले आइसक्रिम औपचारिक विक्री वितरण सुरुवात गरेका हुन् ।
क्वालिटी आइसक्रिम, भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित, एक प्रतिष्ठित ब्राण्ड हो । सन् १९७७मा, संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रुपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरुको रोजाईको ब्राण्ड बनेको छ ।
गत वर्षको अक्टोबरदेखि, देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध क्वालिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरु संच्चलन गरी आफ्नो विशिष्ट स्वादहरूले गर्दा नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिंग तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलिले नेपाली उपभोक्ताहरुको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाई तथा अन्तराष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तराष्ट्रिय फ्लेभरका आइसक्रिमहरु भित्र्याएको जनाए ।
साथै एस आई आई पीएल नेपालका अधक्ष्य सौरभ ज्योतीले नेपालमा क्वालिटी आइसक्रिमलाई प्राप्त गरेको स्वागत उत्साहजनक रहेको र आगामी वर्ष भित्र देशव्यापी रूपमा दुई सय स्थानहरूमा विस्तार गर्ने योजना बताएसँगै, नेपालभरका इच्छुक व्यवसायहरूबाट पार्लर, कार्ट, आउटलेटहरुमा लगानी र सहकार्यलाई स्वागत गरिने जानकारी दिए ।