Logo
Logo

बाजुरामा दुई जनाको आरडिटी टेष्ट पोजेटिभ, नगरप्रमुखलाई क्वारेन्टाइन बस्न सुझाव


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बैशाख ८ बाजुरा । बाजुराको त्रिवेणीमा २ जनामा आरडीटी पोजेटीभ देखिएको छ । र्यापीट टेष्ट गर्ने क्रममा भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको श्रोतले बताएको छ । २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिएको बताईपनि आधारितक पुष्टी हुन बाँकी रहेको छ ।
श्रोतका अनुसार सुरक्षा समिति र संकट व्यवस्थापन समितिको आपतकालिन बैठक समेत बसेर सो बारेमा छलफल गरेको बुझीएको छ । दोस्रो पटक र्यापीट जाँच गर्दा पनि ६० वर्षको व्यक्तिमा पोजेटीभ देखिएको र २२ वर्षको युवकमा नेगेभिट देखिएपनि स्वाब परिक्षणका लागि पठाउने तयारी गरिएको बुझिएको छ ।
दुवै जना चैत्र २ गते भारतबाट आएको बुझिएको छ । ६० वर्षका युवा सम्पर्कमा आएपनि युवक भने सम्पर्क बाहिर रहेको बुझीएको छ । स्वास्थ्य कार्यालय बाजुराले यतीबेला जिल्लामा र्यापीट टेष्ट गरिरहेको छ । यस बारे स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराले भने आवश्यक अनुसन्धान भईरहेकोले तत्काल भन्न नमिल्ने बताएको छ ।

नगरप्रमुखलाई क्वारेन्टाइनमा बस्न नेकपाको सुझाव
लकडाउनको समयपछि जिल्ला प्रवेश गर्ने जोकोहीले पनि क्वारेन्टाइनमा बस्नुपर्ने नियमको पालना गर्न नेकपा बुढीगंगा नगर कमिटीले बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहलाई अनुरोध गरेको छ ।
इमान्दार पूर्वक अनिवार्य १४ देखि २१ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियमको उल्लेघन गर्ने छुट कसैसँग नभएको नेकपा बुढीगंगा नगर कमिटीले बताएको छ । नगर प्रमुख दिपक विक्रम शाह हिजो मात्र काठमाडौंबाट बाजुरा आईपुगेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाको टोली ल्याएर बाजुरा आईपुगेपछि नगर कमिटीले सबै जनाले राज्यले बनाएको लक डाउनको नियम मानेर जनतालाई पाठ सिकाउन अनुरोध गरेको छ ।
नगर कमिटीले विज्ञप्ती जारी नगर प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका कर्मचारी, वडा सचिव भमरा छेडाल, रामबहादुर कार्की, पार्वती विष्ट र रिवाज शाहले समेत क्वारेन्टाइनमा बस्नु पर्ने ध्यानाकर्षण गराएको छ ।
लकडाउको अवज्ञा गरेपछि इकडीगाड प्रहरी चौकीले एक घण्टा रोकेको र प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको निर्देशनमा नगर प्रमुखको गाडीलाई विना चेक जाँच छोडेको प्रति नेकपा बुढीगंगाले आपत्ति जनाएको छ ।
कोरना भाइरसको संक्रमण जोखिम रहेकोधनगढी क्षेत्रबाट प्रवेश गर्दा विना चेकजाँच नै पठाइने कार्य गलत भएको नेकपा बुढीगंगाका नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।
नगर प्रमुखलाई सरकारको आधारभूत नियमको परिपालना नगराउनु ,संक्रमित भएको ठाउँबाट आउँदा पनि सामान्य स्वास्थ्य जाँच पनि नगराउनु र धनगढी र अन्य स्थानबाट बाटोमा मान्छे हालेर ल्याउनु नै गैर जिम्मेवारी र नियम विपरित कार्य भएको बताएको छ ।
यस्तो अवस्थामा आइपुगेको व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्नु पर्ने सुझाव दिईरहनु पर्ने अवस्था आएकोले आफैलाई लज्जा बोध भएको अध्यक्ष थापाले बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले मेयर सहित ५४ जनाका लागि अनुमती दिएको बताएका छन् । इकडी गाडमा प्रहरीले नगरप्रमुख रोक्दा कुनै चेकजाँच नै नगरी पठाएको भन्ने आरोप गतल भएको प्रजिअ न्यौपानेको भनाई छ । नगर प्रमुख दीपक विक्रम शाहले पनि आफूहरु राज्यको नीति पालना गर्नमा पछि नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्