Logo
Logo

डाक्टरले प्रदेशको निर्देशन मानेनन्


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ८ बैशाख । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जान गरिएको प्रदेश सरकारको निर्देशन कार्यान्वयन गर्न जिल्ला अस्पतालले अटेर गरेको छ । जिल्ला अस्पतालमा छात्रवृत्ती सेवामा कार्यरत डाक्टर राजुराज जैशीलाई कोल्टीमा काम गर्न प्रदेश सरकारले पत्र पठाएपनि जान मानेका छैनन् ।
आइसोलेशन कक्ष सञ्चालन गरिएको र जिल्लाका चार वटा स्थानीय तह समेत रहेकोले जोखिमको अवस्था आँकलन गर्दै प्रदेश सरकारले डाक्टर जैशीले जान पत्राचार गरेको थियो । गएको चैत्र २५ गते नै जिल्ला अस्पताल बाजुरामा कार्यरत मध्येबाटै पठाउन पत्राचार गरिएपनि अटेर गरेपछि फेरि नामै तोकेर पत्र पठाईएको थियो ।
नाम नै उल्लेख गरि पठाएको पत्रको पनि डाक्टर राजुराज जैशी र जिल्ला अस्पतलाले बेवास्ता गरेको देखिएको छ । पाँच जना डाक्टर कार्यरत जिल्ला अस्पतातबाट एक जना कोल्टीका लागि २४ घण्टामा हाजिर हुन निर्देशन सहीत पत्र आएको थियो ।
कार्यरत रहेकै स्थानमा काम गर्ने र पत्राचार गरिए अनुसार आफू नजाने डाक्टर राजुराज जैशीले बताएका छन् । छात्रवृत्तीबाट अध्धयन सुविधा पाएकोले १ वर्ष अति दुर्गममा काम गर्नु पर्ने सर्त अनुसार आफूले एक वर्ष गरिसकेकोले कोल्टी नजाने बताएक छन् ।
जिल्ला अस्पतालमा नै डाक्टर कमी रहेको अवस्थामा अर्को व्यवस्था गरे राम्रो हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् । प्रदेश सरकारले जिल्ला अस्पतालमा कार्यरत भन्दा पनि कोही अन्यत्रबाट व्यवस्था गर्दा दुबै ठाउँका लागि राम्रो हुने बताएका छन् ।
यता कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले भने निर्देशन अनुसार डाक्टर राजुराज जैशीलाई पत्र लेखिएपनि जान नमानेको बताएका छन् । अस्पतालले भने पत्र लेखेर दिईसकेको छ । सम्बन्धी स्थानीय तहबाट नै सुविधा पाउने गरि प्रदेश स्वास्थ्य निर्देशनालयले पत्र पठाएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नभएको करिब १ वर्ष पुरा हुन लागेको छ । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो । हाल स्वास्थ्य संस्थामा सामान्य चेक जाँच बाहेकका कुनै सेवा सञ्चालन नहुँदा विरामीले सास्ती बेहोर्नु पर्ने र जिल्ला बाहिर गएर महँगो उपचार सेवा लिनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्