Logo
Logo

एसबिआई मर्चेण्ट र मिरा बायोटेकबीच सम्झौता


63
Shares

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र मिरा बायोटेक प्रालिबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मिरा बायोटेकका प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मिरा बायोटेक विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम औषधी उत्पादन गर्दै आएको छ । कम्पनीले स्थानीय र विदेशी बजारका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्