काठमाडौं, ८ बैशाख ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । यसले सत्तारुढ नेकपा फुटतर्फ अघि बढेको आशंका गरिएको छ ।
मन्त्रिपरिषद्को सो निर्णयपछि तत्कालिन माओवादीका मन्त्रीहरु प्रचण्ड निवास खुमलटार पुगेका छन् । स्रोतका अनुसार यही विषयमा छलफल गर्न उनीहरु खुमलटार गएका हुन् ।
सरकारले राजनीतिक दलसम्बन्धि ऐन ल्याएर ४० प्रतिशत संसदीय दलमा सदस्य पुगेमा पार्टी फुटाउन सकिने प्रावधान राखेर अध्यादेश ल्याउन लागेको हो । नेकपाभित्र विवाद चर्किएकाले यो अध्यादेश ल्याउन लागिएको हो । यसले नेकपाभित्र बढेको विवादलाई बाहिर ल्याएको छ ।
परेको अवस्थामा नेकपाबाट फुटाउने तयारी स्वरुप प्रधानमन्त्रीले यस्तो अध्यादेश ल्याउन लागेको एक उच्च स्रोत बताउँछ