Logo
Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा


2.4k
Shares

काठमाडौं । मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।

दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखेको थियो ।

यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् । बोलाएका बेला हाजिर हुनुपर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्ने सर्त अदालतले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्