Logo
Logo

नगरप्रमुखसहित ७ जना क्वारेन्टाइनमा


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बैशाख ८ बाजुरा । बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपकक्रविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना सेल्फ क्वारेन्टाइनमा बस्ने भएका छन् । ६ गते राती काठमाडौंबाट आएका नगरप्रमुख र प्रमुख प्रसासकीय अधिकृत लगायतलाई क्वारेन्टाइनमा राख्ने कार्यपालिकाले निर्णय गरेको हो ।


लामो समय काठमाडौंमा बसेर आएका नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा सचिवलगायत ७ जना ६ गते राती नगरपालिकाका पुगेर सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख दिपकबिक्रम शाह र सवारी चालक केदार शाहलाई नगरप्रमुखको घरको होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । त्यसैगरी नगरपालिकाको कुनैपनि काममा बाधा नपुग्ने गरी प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनलाई प्रमुख प्रशासकीय निवासमा राख्ने निर्णय भएको छ । वडासचिवहरु भमरा छेडाल र पार्बती बिष्टलाई पनि सम्बन्धित वडामा रहेका वडासचिव निवासमा रहेका सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

-यापिड टेस्ट गर्दा पोजेटिभ देखिएका दुवै जनाको स्वाव धनगढी पठाइँदै

यसैबीच त्रिवेणी नगरपालिकाको वडा–९ मा -यापिड (आरडीटी) पोजेटीभ देखिएका दुबै जनाको स्वाव संकलन गरेर धनगढी पठाइने भएको छ । पोजेटिभ देखिएका ६० बर्षका बृद्धलाई जिल्ला अस्पताल बाजुराको आइसोलेन कक्षमा आइतवार राति ल्याएर राखिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
सुरुमा चेक गर्दा ¥यापिड टेष्ट गर्दा २२ बर्षका अर्का युवामा पोजेटिभको शंका लागेपछि पुनः चेक गर्दा ति युवामा नेगेटिभ देखिएको भएपनि दुवै जनाको स्वाव परीक्षणका लागि धनगढी पठाउन लागिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
६० बर्षका बृद्धलाई भने पुनः पोजेटिभ देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । २२ बर्षका युवालाई पनि आइतबार राति नै त्रिबेणी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यलय तोलीले जनाएको छ । पोजेटिभ देखिएका दुवै जना भारतको करौलवागबाट चैत २ गते नेपाल आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्