एजेन्सी । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द भएको छ । दिल्लीको कथित रक्सी घोटाला मामिलामा मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने अदालतको फैसलाविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले उच्च अदालतमा निवेदन दिएपछि उक्त निर्णय रद्द गरिएको हो ।
बीबीसीका अनुसार अतिरिक्त सलिसिटर जनरल एसभी राजूले मुख्यमन्त्री केजरीवालको मुद्दामा तत्काल सुनुवाईको माग गरेपछि सुनवाई पूरा नभएसम्म उच्च अदालतले केजरीवालको धरौटीमा रिहा हुने निर्णयमा रोक लगाएको हो ।
दिल्लीको राउज एभेन्यू अदालतले बिहीवार तिहाड जेलमा रहेका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।