अहिले सामाजिक सञ्जाल लोकतन्त्रको सूचक नै बनेको छ । कुनै पनि सरकार निरंकुश र तानाशाही हो वा होइन ? लोकतन्त्रप्रति प्रतिबद्ध छ वा छैन भन्ने सामाजिक सञ्जालप्रति उसको नीति र व्यवहारले देखाउँछ ।
सामाजिक सञ्जालले समाज, विश्व र राजनीतिमा नयाँ मञ्च दिएको छ । मानिसको जीवनशैली, समाजको चालामाला र व्यवहारमा व्यापक परिवर्तन ल्याएको छ । राजनीतिक क्षेत्र झनै बढी प्रभावित छ । सामाजिक सञ्जालको प्रभाव कस्तो हुन्छ भन्ने पुष्टि भारतको लोकसभा निर्वाचनले प्रस्ट पार्छ ।
केही समयअघि भएको लोकसभा निर्वाचनमा सामाजिक सञ्जालको व्यापक प्रयोग भयो । सोही कारण भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो चुनावमा पाएको ६३ सिट गुमायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘अबकी बार चार सय पार’ को नारा तुहियो ।
भाजपा आफ्नै प्रक्षेपण, एक्जिट पोल र अन्य सर्वेक्षणले भाजपासहितको गठबन्धन एनडीएले तीन सयदेखि चार सयसम्म सिट जित्ने अनुमान गरेका थिए । कंग्रेससहितको गठबन्धन इन्डियाले करिब डेढसय आसपासका लोकसभा निर्वाचन क्षेत्रमा जित्ने अनुमान थियो । तर, ५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ र इन्डियाले २३२ सिट जितेको छ । यो चुनावी नतिजाले भाजपालाई ठूलो झड्का लागेको छ ।
भाजपाले ठूलो संख्यामा सिट गुमाउनुको पछाडि विपक्षी दलका अभियान बराबरकै सामाजिक सञ्जालको भूमिका छ । निर्वाचन अवधिभर मोदी र भाजपाविरुद्ध युट्युबरका विश्लेषण र भिडियो सामग्रीले व्यापक चर्चा पायो । केही युट्युबरले भाजपाविरुद्ध अभियानै चलाएका थिए ।
भारतीय निर्वाचनका बेला सामाजिक सञ्जाल र खासगरी युट्युबबाट ठूलो प्रभाव पार्नेमा पहिलो नम्बरमा युट्युबर ध्रुव राठी छन् । निर्वाचनताका उनले १० वटा भिडियो बनाएका छन् । जुन सबै मोदी र भाजपाविरुद्ध छ ।
चुनावको करिब तीन महिनाअघि उनले ‘के भारत तानाशाह’ बन्दैछ भन्ने शीर्षकमा भिडियो बनाएका थिए । उनका एउटा भिडियो साढे तीन करोड बढी हेरिएको छ । उनले चरणवद्धरुपमा निर्वाचन अवधिभर भाजपा र मोदीका प्रोपोगान्डा र कमजोरीका भिडियो बनाए । जसमा खासगरी प्रमुख मिडिया हाउसमाथि नियन्त्रण गरेको, मोदीलाई ‘भगवान’ बनाउन खोजिएको, धार्मिक द्धेश फैलाउन खोजिएको र सामाजिक सञ्जालको गलत प्रयोग भइरहेका कुराहरू थिए । जसले लाखौँ मतदातालाई सही तरिकाले मतदान गर्न भनेर प्रभावित पारे ।
युट्युब मात्रै नभएर, फेसबुक, इन्स्टाग्राम, ट्विटर र विशेषगरी करोडौं भारतीय ह्वाट्सएपमा सक्रिय रहेको भन्दै उनले त्यसको पनि भरपुर प्रयोग गरे । उनले ह्वाट्सएपमार्फत एक अर्ब मतदाताकहाँ आफ्नो भिडियो सन्देश पु¥याउने लक्ष्य राखेका थिए ।
त्यस्तै भारतीय पत्रकार एवं लेखक रविश कुमारले पनि निर्वाचन अवधिभर राम्रो प्रभाव परे । उनले पनि भाजापाले देशलाई गलत दिशामा लगिरहेको विश्लेषण गरे । त्यस्तै पत्रकार रविश कुमारले आफ्ना भिडियोहरुमार्फत सरकारका कमीकमजोरी औल्याए ।
अर्का भारतीय पत्रकार एवं युट्युबर आकाश बेनर्जीले पनि मोदी सरकार र भाजपाको कमिकमजोरी खोतले । उनले मोदीलाई हिटलरको बाटोमा लागेको समेत टिप्पणी गर्दै भिडियो बनाए ।
भारतीय निर्वाचनका बेला सामाजिक सञ्जाल र युट्युबबाट ठूलो प्रभाव पार्नेमा पहिलो नम्बरमा युट्युबर ध्रुव राठी छन् । यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरूमा फेरबदल ल्याई पुराना मान्यताहरू भत्किएर नयाँ सोचको व्यापक फैलावट पनि भएको छ ।
यी युट्युबरहरुका भिडियोहरुलाई करोडौं मानिसले समर्थन गरेका छन् । जसको प्रभाव भारतीय चुनावमा स्पष्ट प¥यो । युट्युबरहरुले मध्यम वर्गीय र शिक्षित युवालाई विश्लेषणात्मक र तथ्यगत सन्देश दिए । राष्ट्रिय टेलिभिजन ‘गोदी मिडिया’ भन्दा जनताले युट्युबरहरुको विश्वास गरे ।
भाजपाले चुनावी नतिजामा बेहोरेको घाटा र भारतीय युट्युबहरुका भिडियोले पारेको बलियो प्रवाहले सामाजिकको तागतलाई पुष्टि गरेको छ । यसरी भारतको निर्वाचनमा भाजपाको विकल्प छान्न भनेर लागेका युट्युबरहरू केही हदसम्म सफल भएका छन् ।
मोदी शक्तिशाली प्रधानमन्त्रीको रुपमा सन् २०१४ मा भारतीय सत्तामा आएका थिए । सोही वर्ष राठी पनि युट्युबमा आएका थिए । उनी आफैले आफू सन् २०१४ देखि युट्युबमा आएको बताएका छन् । मोदी राज्य सत्तामा आएकै वर्ष युट्युबमा आएका राठीले मोदीकै आलोचना गरेर नाम र दाम दुवै कमाए ।
आज मोदी विश्वको पाँचौं ठूलो अर्थतन्त्रका शक्तिशाली नेता छन् । त्यस्तै राठी विश्वका सर्वाधिक लोकप्रियमध्येका एक युट्युबर भएका छन् । उनलाई अमेरिकाको टाइम म्यागाजिनले सन् २०२३ मा अर्को पुस्ताका विश्व नेताहरूको सूचीमा उभ्याएको छ ।
नेपालकै कुरा गर्ने हो भने स्थानीय तहको निर्वाचनमा बालेन साहले सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए । त्यसैले कुनै संगठनबिना नै कांग्रेस–माओवादीसहित पाँच दलीय गठबन्धनको साझा उम्मेदवार र एमालेजस्तो बलियो संगठन भएको उम्मेदवारलाई पछारे ।
हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि यो स्थानसम्म पु¥याउन सञ्जालकै ठूलो योगदान छ । उनी, टेलिभिजनमा काम गर्दा जसरी नेताहरूको आलोचना गर्थे, त्यसलाई जनताले मन पराए । सञ्जालमा उनले भिडियो व्यापक हुन्थ्यो । त्यसपछि राजनीतिमा लागेका उनी उपप्रधानमन्त्री बनेका छन् ।
यसरी सामाजिक सञ्जाल आम जनताको पहुँच जबरजस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो । अहिले सबैको हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धता छ । सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा विभिन्न ढंगले बहस भइसकेको छ ।
यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरूमा फेरबदल ल्याई पुराना मान्यताहरू भत्किएर नयाँ सोचको व्यापक फैलावट पनि भएको छ ।
यसको प्रयोगबाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि युवा पुस्ताले गरिरहेको देखिन्छ । तर, यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिइनै रहेको छ ।
आफ्नो अध्ययन अनुसन्धान र राष्ट्रको हितमा सञ्जालको प्रयोग गरी ज्ञान प्रणालीलाई विकसित तुल्याउन उपयोग गर्न सकिन्छ । निजी र सार्वजनिक सेवा प्रवाहमा समेत यसको प्रयोगबाट समुचित फाइदा लिन सकिन्छ ।
सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, आफ्नो लगनशीलता र काममा श्रेष्ठता हासिल गर्न र राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ । सञ्जाललाई समाजको जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गरौँ । तर, साइबर सुरक्षामा चनाखो र सतर्कता कायम राखौँ ।
समाजको मर्यादा, विषयको गाम्भीर्यता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौँ । सामाजिक सञ्जाल र सूचना प्रणालीले समाजलाई जोड्ने र सकारात्मकता तर्फ लैजान सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ ।