Logo
Logo

ओली र प्रचण्ड राष्ट्रपति कार्यालय जाने तयारीमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ बैशाख ।
नेकपाभित्रको विवाद चर्कदै गएको छ । मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो ।


विवादपछि बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । बैठक लगत्तै केपी शर्मा ओली र प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्नका लागि समय मागेका छन् । दुवै अध्यक्षले छुट्टा छुट्टै भेट्न लागेका हुन् । अध्यादेश बारे छलफल गर्न समय मागिएको स्रोत बताउँछ ।
अध्यादेश राष्ट्रपतिबाट प्रमाणित हुनुपर्छ । अध्यादेश रोक्न दबाब दिने प्रचण्डको तयारी छ । दुवै अध्यादेश मुख्यसचिव लोकदर्शन रेग्मीले शीतलनिवास पुर्यासकेको स्रोत बताउँछ ।

मन्त्रिपरिषद्ले संसदीय समितिमा ४० प्रतिशत सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउने निर्णय गरेको छ। त्यस्तै संवैधानिक परिषद्मा तीन जनाले पनि नियुक्ति गर्न सक्ने अध्यादेश पनि ल्याउन लागिएको छ ।
नेकपाभित्र द्वन्द्व बढेपनि पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागिएको आँकलन गरिएको छ । केही समययता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच विवाद चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्