Logo
Logo

प्रधानमन्त्री भन्छन्, ‘जवान मिर्गाैलाले बढी काम गरौंँ भन्छ’


रासस

0
Shares

काठमाडौं, ८ बैशाख । ‘साधारणतया म सुत्न त चार घण्टामात्रै सुत्छु । तर, शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझै मेरो गति मिल्न सकेको छैन’ गत २१ फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘जवान मिर्गाैलाले बढी काम गरौंँ भन्छ । उसले बढी पानी खा, व्यायाम गर भन्छ । म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु । यसमा सक्रिय रह“दा मलाई एक प्रकारको व्यायाम मिलको छ ।’
प्रधानमन्त्री ओलीलाई उनकी ३२ वर्षीया भाञ्जी समीक्षा संग्रौलाले मिर्गाैला दान गरेकी थिइन् । १९ फागुनमा प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली २१ गते मिर्गाैला प्रत्यारोपणपछि ३० फागुनमा अस्पतालबाट निवास फिर्ता भएका थिए ।
पहिला मिर्गाैला प्रत्यारोपण भइसकेको र अन्य रोगका कारणले समेत शरीरले नया“ मिर्गौला धान्न सक्नेमा आशंका गरिएको थियो । त्यसैले दोस्रो प्रत्यारोपण जोखिमयुक्त मानिएको थियो । त्यसबेला स्वदेशकै अनुभवी चिकित्सकको मेहनत र उनको दह्रो आत्मबलका कारण प्रत्यारोपण सफल भयो ।
हाल प्रधानमन्त्री ओली पहिलेजस्तो आफैँ मोबाइल ठाउँदैनन्, अरूले उठाएको मोबाइलमा कुरा गर्छन् । आफूले गर्नुपर्दा पनि जरुरीबाहेक सहयोगीले सम्पर्क गराइदिन्छन् । प्रत्यारोपणका क्रममा उनको देब्रे खुट्टाका नसा अलि तानिएकाले त्यो बल्ल ठीक हुने स्थितिमा छ । उनको शरीरमा प्रतिरोधी क्षमताको औषधि चलाइएकाले कहिलेकाहीँ चिनीरोग र न्यून रक्तचापको समस्या हुने गर्छ । प्रत्यारोपणको पुरानै बिरामी भएकाले यसको सामना गर्न आफू अभ्यस्त भएको उनी बताउँछन् ।
सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिले शनिबार विशेष अन्तर्वार्ता लिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीलाई सोधेका थिए, ‘अहिले तपाइँको स्वास्थ्यस्थिति कस्तो छ ? दैनिकी कसरी बितिरहेको छ ?’
दुई घण्टासम्म अन्तर्वार्तामा सहभागी रहेका ओलीको जवाफ थियो, ‘म ठीक छु, स्वस्थ छु । अन्यथा यसरी तपाइँ“हरुसमक्ष उपस्थित हुने थिइनँ । मेरो प्रत्यारोपण सफल हुनुलाई मैले जनता र पार्टीले मेरो काँधमा उत्तरदायित्व थपेको महसुस गरेको छु । यस्तो अवस्थामा आम मानिस हुँदो हो त यतिबेला ऊ अस्पतालमै आराम गरिरहेको हुन सक्थ्यो, संयोगले म तपाइँहरूसँग छु ।’ दोस्रो मिर्गाैला प्रत्यारोपणभन्दा केहीमात्र अघि प्रधानमन्त्री ओली गत मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा १० दिन अस्पतालमा रहेका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई आहार, व्यायाम र आराम आवश्यक रहेकामा हाल आराम अलि नपुगेको अनुभूति भने गरेको देखिन्छ । आफू सामान्यतः बिहान ५ बजे उठेर राति १ बजे सुत्ने गरेको बताउ“दै भने, ‘सुत्ने समय बढाऊँ भन्छु तर व्यवस्थापन गर्न सकिरहेको छैन । ढिलो सुत्ने मेरो पुरानो बानी पनि हो ।’ उनी अब सुत्ने समय राति १२ बजे र उठ्ने प्रातः ६ बनाउने प्रयत्नमा हुन्छन् ।
प्रधानमन्त्री ओली अस्पतालमा रहँदा मुलुकमा कोरोना भाइरसको जोखिम बढिरहेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आफ्नो ढंगले काम गर्ने अख्तियारी त पाएको थियो तर लकडाउन लागू गर्ने÷नगर्ने, संक्रमित एकाएक बढे भने के गर्ने, औषधि, जनशक्ति र उपकरणको प्रबन्ध कसरी गर्ने आदि विषयमा नीतिगत निर्णयका लागि प्रधानमन्त्रीको निर्देशन र मन्त्रिपरिषद्का निर्णय आवश्यक पर्थे । प्रधानमन्त्री नौ दिनमै निवास फर्केकाले त्यस प्रकारको समस्या र अन्योल देखिन पाएन । उनी अस्पतालबाट निवास आएको १० दिनपछि मुलुकमा लकडाउन आदेश जारी भयो ।
अस्पतालबाट फर्केपछि ओली पहिलो सार्वजनिक कार्यक्रमका रुपमा गत २ चैतमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन कक्षबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का राष्ट्र प्रमुख÷सरकार प्रमुखस“गको भिडियो अन्तक्र्रियामा सहभागी भए ।
त्यसयता मन्त्रिपरिषद्का नियमित बैठक भइरहेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पनि सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणबारे कहिले सातै प्रदेशका मुख्यमन्त्री तथा कहिले विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीको अवस्था बुझ्न विभिन्न मुलुकका समकक्षीसँग भिडियो संवाद गर्दै आएका छन् ।
सरकारलाई तथ्यहीन आरोप लगाउने र आफ्नो स्वास्थ्यबारे अनावश्यक टिप्पणी गर्नेप्रति प्रधानमन्त्री ओलीले भने, ‘तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट यसभन्दा बढी के अपेक्षा गर्ने ? आफैँ“ बिरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्यांकन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । त्यो गरिरहन्छु ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली बिहान चा“डै उठेर घटनाक्रममा अद्यावधिक हुने तथा मन्त्री, सुरक्षा निकायका प्रतिनिधि र आवश्यक भेटघाट तथा निर्देशन दिने काम गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्