Logo
Logo

सुशील प्याकुरेलले किन गरे राजदूत बन्न अस्वीकार ?


3.1k
Shares

काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको भन्दै प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरेका छन् ।

उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् । उनको वक्तव्यमा भनिएको छ, “राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुृअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।”

उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्