Logo
Logo

‘लकडाउन’ खोल्न हतार नगरौँ : डब्लुएचओ


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, ९ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले लकडाउन खोल्न हतार नगर्न आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लगाइएको लकडाउन हटाउन हतार गर्दा त्यसले भहावह स्थिति निम्तिन सक्ने चेतावनी समेत दिएको छ । विश्वका विभिन्न देशले आफूखुसी लकडाउन हटाउने निस्कर्षमा पुगेको सन्दर्भमा मंगलबार डब्बुएचओले यस्तो चेतावनी दिएको हो
डब्लुएचओले लकडाउन चरणगत रुपमा हटाउन सुझाव दिएको हो । तर, कतिपय देशले आंशिक रुपमा प्रतिबन्ध हटाइसकेका छन् । त्यसतर्फ इंगित गर्दै विश्व स्वास्थ्य संगठनले हतार र सही समयअघि नै लकडाउन हटाइए कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने सचेत गराएको छ ।
ब्लुएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, तबसम्म लकडाउन ‘न्यु नर्मल’ हुनुपर्ने बताएका छन् । उनले यसबाट फाइदा भएको प्रमाण समेत भेटिएको जनाएका छनु । ‘जो कुनै सरकार लकडाउन हटाउन चाहन्छ भने बिस्तारै चरणगत रुपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्