Logo
Logo

उदयपुरका एक पुरुषमा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ३२ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौ, ९ बैशाख । उदयपुरमा फेरि अर्को एक जनामा कोरोना भाइरस प्ष्टि भएको छ । उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार नियमित पत्रकार सम्मेलनका डा. देवकोटाले सो जानकारी गराएको हुन् । अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको जनाइएको छ । यसअघि उदयपुरमा १४ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै देशभर संक्रमितको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्