Logo
Logo

गरिमा बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट


189
Shares

काठमाडौं । गरिमा विकास बैंक र शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताबीच सम्झौता भएको छ । आपूर्तिकर्तासँगको समन्वयमा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यो सँगै बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवामा छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेन्टोरल्याब ईडीएक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् ।

मेन्टोरल्याब ईडीएक्सले बालबालिकालाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्छ । यसैगरी बैंकका ग्राहकले लगनखेलमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्