Logo
Logo

आज यी १५ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह


6k
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका १५ जिल्लाका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको बताएको छ ।

महाशाखाले सूचना जारी गर्दै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रुपनदेही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको हो ।

साथै महाशाखाले ती नदी तथा खोलामा बाढीको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा रहने वासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हेर्नुहोस् विस्तृत सूचना–

प्रतिक्रिया दिनुहोस्