Logo
Logo

ओम बिरला दोस्रोपटक भारतको सभामुख निर्वाचित


1.7k
Shares

काठमाडौं । भारत लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उनी दोस्रोपटक सभामुख पदमा निर्वाचित भएका हुन् । यसअघिको लोकसभामा पनि उनै सभामुख थिए । उनी राजस्थानबाट सांसद पदमा निर्वाचित भएका थिए ।

बिरला ध्वनिमतबाट सभामुख निर्वाचित भएका हुन् । उनको नामको प्रस्ताव प्रधानमन्त्री मोदीले गरेका थिए भने मन्त्रीहरू अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरेका थिए । चुनावपछि मोदीले आगामी पाँच वर्ष बिरलाबाट मार्गदर्शन मिल्ने बताउँदै बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्