Logo
Logo

‘इट्स माई शो’काे पहिलो एपिसोड नै विवादमा आएपछि रिसाए सुरज


8.5k
Shares

काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ विवादमा परेपछि कलाकार तथा टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पछिल्लो एक कार्यक्रमका कारण आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका हुन् ।

‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामग्रीको हिस्सा बन्न चाहन्न,’ उनले भनेका छन् ‘तपाईंहरु सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’

‘इट्स माई शो’का संस्थापक रहेका सुरजले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् । ‘इट्स माइ शो’ को पछिल्लो एक एपिसोड विवाद तानिएको थियो । यसैसाता उक्त टक शोको पहिलो एपिसोडमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथिको रुपमा पुगेका थिए । ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु गरिएपछि उक्त शो विवादित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्