काठमाडौं, १० बैशाख ।
दुई वटा विवादास्पन अध्यादेश ल्याएपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई यसबारे प्रष्टाउन थालेका छन् । बुधबार उनले नेकपाका सुुदुरपश्चिममा सांसदहरुलाई यसबारे जानकारी गराएका छन् ।
अर्का अध्यक्ष प्रचण्डलाई समेत साथमा राखेर उनले छलफल थालेका हुन् । अन्य प्रदेशका सांसदसँग पनि उनले छलफल गर्न लागेका छन् ।
सरकारले सोमबार राजनीतिक दलसम्बन्धि तथा संवैधानिक परिषद्सम्बन्धि दुई बिधेयक ल्याएका थिए । जसको आलोचना भइरहेको छ ।
नेकपा फुटाउनकै लागि राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएको भनेर कतिपयले आलोचना गरेका छन् । प्रधानमन्त्रीले त्यसको खण्डन गरेका हुन् ।
पार्टी स्थापना दिवसको अवसरमा सबै प्रदेशका सांसदहरुसँग समूहसँग छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । आजै अन्य प्रदेशका सांसदहरुसँग समेत छलफल गर्न लागिएको छ ।